८ लाख नगदसहित एकजना पक्राउ
काठमाडाैं | मंसिर १७, २०८०
सशस्त्र प्रहरीले सिरहास्थित नेपाल-भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ८ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
सिरहाको बरियापट्टी गाउँपालिका-२ श्रीपुरका ४२ वर्षीय महोमद फिरोजलाई शनिबार बरियापट्टीकै वडा नम्बर ३ चमारटोलबाट ८ लाख रूपैयाँसहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार भारतबाट साइकलमा आउँदै गरेका उनलाई गस्तीमा खटिएको सिमा सुरक्षा बलको टोलीले चेकजाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको थियो।
फिरोजले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसेकपछि उनलाई नियन्त्रणमा लिएको प्रवक्ता थापाले जानकारी दिएका छन्।
नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

